काभ्रे गोल्डकपको उपाधि सङ्कटालाई

 

काभ्रेपलाञ्चोक, १७ चैत (रासस) । आयोजक टिम काभ्रेपलाञ्चोक फुटबल सङ्घलाई हराउँदै सङ्कटा क्लबले ‘काभ्रे गोल्डकप’ उपाधि जितेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल सामुदायिक खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा आयोजक टिमलाई हराउँदै सङ्कटा क्लबले शून्यकाविरुद्ध तीन गोलले उपाधि जितेको हो । प्रतिस्पर्धामा खेल शुरु भएको ३० सेकेण्डमै सङ्कटा क्लबका अभिषेक रिजालले पहिलो गोल गरेर आफ्नो टिमको खाता खोलेका थिए ।खेलको ३५ औँ मिनेटमा सङ्कटाकै एक्मी क्रिष्चियनले अर्को गोल थपे । त्यस्तै खेलको इन्जुरी समयमा सङ्कटाका सुभास गुरुङले गोल गर्दै आफ्नो टिमलाई विजयी गराएका हुन् । प्रतियोगिताको विजेता टिमलाई रु चार लाख नगदसहित ट्रफी र मेडल प्रदान गरियो । त्यस्तै उपविजेता टिमलाई रु दुई लाख नगद, ट्रफी र मेडल प्रदान गरिएको थियो ।
प्रतियोगितामा विजेता टिमका एक्मी क्रिश्चियन वेस्ट स्कोरर बने । उनले प्रतियोगिता अवधिभर ६ गोल गरेका थिए । त्यस्तै सङ्कटाकै गोलकिपर राजाबाबु थापालाई बेस्ट किपरको उपाधि दिइयो । छ वटा ए डिभिजन क्लबसमेतको सहभागितामा २५ वर्षपछि जिल्लामा भएको फुटबल प्रतियोगितामा १० वटा टिम सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *