दु्रतमार्गबाट नयाँ कर्मचारी भर्ना गर्ने तयारी

 

काठमाडौँ, १७ चैत । नयाँ कर्मचारी भर्ना प्रक्रिया दु्रतमार्गबाट शुरु गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगलाई निर्देशन दिएका छन । उनले अपुग कर्मचारीको भर्ना गरी अब मुलुकमा मानवीय स्रोत साधनको कमी हुन नदिनेसमेत बताए । शनिबार ललितपुरस्थित आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै उनले “अपुग कर्मचारी पनि यही आर्थिक वर्षमा पूरा गर्ने उद्देश्यका साथ दु्रतमार्गबाट भर्ना गर्न आयोगलाई भनेका छौँ । नयाँ कर्मचारीको पदस्थापना पहिलो प्राथमिकता स्थानीय तह र प्रदेशमा रहने बताए ।
मन्त्री पण्डितले समायोजन भएका कर्मचारीलाई असारमसान्तसम्म पदस्थापना गरिने बताएका छन । उनले समायोजन रोजेका कर्मचारीको पदस्थापना गर्ने कार्य भइरहेको भन्दै असारसम्म सबै कर्मचारीको पदस्थापना गरिने जानकारी गराए । “कानूनीरुपमा समायोजन सकिएको २१ दिनभित्र पदस्थापना गर्ने व्यवस्था रहेको छ”, उनले भने, “अहिले विकास निर्माणको काम भइरहेको छ । त्यसैले कामलाई बाधा नपुग्ने गरी असार मसान्तभित्रमा पदस्थापना गर्दछौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *