राष्ट्रिय महिला भलिबलमा एपिएफ र न्यू डाइमण्ड विजयी

काठमाडौँ, १५ चैत (रासस) । सातौँ संस्करणको सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) र न्यू डाइमण्ड एकेडेमी विजयी भएका छन् । विभागीय टोली एपिएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय ग¥यो भने न्यू डाइमण्डले आर्मीलाई पराजित गर्दै फाइलनमा प्रवेश ग¥यो । अब भोलि हुने उपाधि भिडन्तमा आयोजक एपिएफ र न्यू डाइमण्ड भिड्नेछन् ।
हल्चोकस्थित एपिएफको भलिबल कोर्टमा बिहीबार भएको सेमिफाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको थियो । एपिएफले पुलिसलाई २५–२३, २५–१७, १८–२५ र २५–१२ को सेटमा पराजित गरेको हो । त्यसैगरी सोही मैदानमा आजै भएको अर्को खेलमा न्यू डायमण्ड एकेडेमीले त्रिभुवन आर्मी क्लबलाई पनि ३–१ सेटले पराजित गरेको हो । न्यू डायमण्डले त्रिभुवन आर्मी क्लबलाई २५–२३, २३–२५, २५–२१ र २५–२० को सेटमा पराजित ग¥यो । त्यसैगरी तेस्रो स्थानको लागि दुई विभागीय टोली पुलिस र आर्मी भिड्नेछन् । प्रतियोगिताको विजेता टोलीले रु दुई लाख ५० हजार तथा उपविजेताले रु एक लाख २५ हजार पाउनेछन् । त्यस्तै तेस्रो हुने टोलीले रु ५० हजार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *