नेपाल–भारत द्विपक्षीय व्यापारबारे विचारविमर्श

 

काठमाडौँ, १५ चैत । नेपालको औपचारिक भ्रमणमा रहेका भारतका विदेश सचिव विजय गोख्लेसँग नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय व्यापारबारे विचारविमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले बताएका छन ।प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहेका भारतका विदेश सचिव गोख्लेले सरकारी निवास बालुवाटारमा बिहीबार अपराह्न शिष्टाचार भेट गरेका छन । त्यस अवसरमा उनिहरूबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय व्यापारबारे विचारविमर्श भएको जनाइृएको छ । यसैबीच, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि सचिव गोख्लेले शिष्टाचार भेट गरेका छन । भेटमा पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसअघि नेपाल र भारतका परराष्ट्र सचिवको नेतृत्वमा द्विपक्षीय वार्ता भएको थियो । वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै भारतको सहयोगमा नेपालमा जारी कृषि, सम्पर्क विस्तार, रेल तथा जलमार्ग र अन्य भौतिक पूर्वाधार परियोजनाको कार्यान्वयनको स्थितिको समीक्षा भएको परराष्ट्र सचिव शङ्करदास वैरागीले बताए । बितेका एक वर्षमा भएका विकास–निर्माणका परियोजनाको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै दुवै देशका परराष्ट्रसचिवले समाधान हुन बाँकी विषयलाई शीघ्र निरुपण गर्न सहमति जनाएका छन् । द्विपक्षीय वार्तामा क्षेत्रीय चासोका विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्री ओलीको भारत भ्रमण र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति तथा परियोजना कार्यान्वयनमा दुई देशका परराष्ट्र सचिवले निकट सम्पर्कमा रहेर सहजीकरण गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *