विप्लव माओवादीका ५ जना पक्राउ

 

काठमाडौँ, १५ चैत । सुर्खेत र सिन्धुपाल्चोकबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ५ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई सदस्य पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतस्थित आवास क्षेत्रमा बस्ने समूहका सुर्खेत जिल्ला कमिटी सदस्य ६२ वर्षीय सिद्धबहादुर खड्का र अखिल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य ४० वर्षीय गोमा खड््का (ओली) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । नियन्त्रणमा लिएका दुवैको अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए । सुर्खेत प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकताको खोजी कार्य तीव्र बनाएको बताइएको छ ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टीका १७ कार्यकर्तालाई जिल्ला अदालत सिन्धुपाल्चोकको आदेशमा रिहा भएलगत्तै पुनः ३ जनालाई गिरफ्तार गरेको छ । प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्दा चलाए पनि अदालतले केहीलाई धरौटी र केहीलाई साधरण तारेखमा छाड्ने आदेश दिएको छ । न्यायधीश टीकाराम आचार्यको इजलासले इन्द्रबहादुर ठकुरीलाई २५ हजार धरौटीमा छाड्ने आदेश दिएको छ । त्यस्तै रमिता अधिकारी, हिरा खत्री र सबिता श्रेष्ठ साधरण तारेखमा रिहा भएका छन् भने बाँकी १३ जनालाई ६–६ हजार धरौटीमा रिहा लगत्तै रन्जित, सौगात र अजय अदालतबाटै पुनः गिरफ्तार परेका छन् ।
अभियानको क्रममा काभ्रे, दोलखा, जाजरकोटलगायतका जिल्ला पुगेर कार्कीटार आइपुगेका थिए । खाना खाएर सुतिरहेका बेला प्रहरीले घेरा हालेर पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *