नेकपाको चैत्र १६ को नेपालबन्द फिर्ता

 

काठमाडौँ, १४ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नकपाले चैत्र १६ गतेका लागि आव्हान गरेको नेपाल बन्द फिर्ता लिएको छ । नेपाल बार एसोसियसन तथा राष्ट्रिय मानवअधिकार आयोग, विद्यार्थी संघसंगठनको आग्रहमा नकपाले नेपाल बन्द फिर्ता लिएको हो । सरकारी प्रतिबन्ध र दमनका विरुद्ध नेकपाले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । नेकपा महासचिब विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीमाथिको प्रतिबन्ध हटाउन ओली सरकारलाई चैत मसान्तसम्मको अल्टिमेटम समेत दिएका थिए । चरणबद्ध संघर्षका कार्यक्रम अनुसार चैत १६ गते शनिबार नेकपाले नेपाल बन्दको घोषणा गरेको थियो । यसअघि नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन नेपाल कम्युनिष्ट पार्टीसँग आग्रह गरेको थियो ।१६ गते नै नेपाल बार एसोसिएसनको निर्वाचन समेत हुन गइरहेको छ । नेकपाले आव्हान गरेको नेपाल बन्दका कारण आफूहरुको निर्वाचन प्रभावित हुने भन्दै बार एसोसिएसनले बन्द फिर्त लिन आग्रह गरेको हो । यस्तै बुधबार राष्ट्रिय मानवअधिकार आयोगले पनि नेपाल बन्द फिर्ता लिन नेकपालाई आग्रह गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *