काठमाडौंको सडकलाई धूलोमुक्त बनाउन मेयरको अपिल

काठमाडौं, १३ चैत । काठमाडौंको सडकलाई धूलोमुक्त बनाउन सबैलाई साथ र सहयोग गर्न काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अपिल गरेका छन । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी काठमाडौंको सडक धूलोमुक्त बनाउन इटालीबाट खरिद गरिएको नयाँ प्रविधिको ५ वटा ब्रुमर सञ्चालन कार्यको शुभारम्भ कार्यक्रममा बोल्दै उनले काठमाडौंको सडक धूलो र हिलोमुक्त बनाउन सडक विभाग, मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र वडा कार्यालयहरूसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरिएको पनि जानकारी दिएका छन ।
काठमाडौंको सडक धूलोमुक्त बनाउन मंगलबारदेखि काठमाडौं महानगरपालिकाले पाँच वटा ब्रुमर सञ्चालनमा ल्याएको छ । १ सय ७ किलोवाट क्षमता रहेको सो ब्रुमर ७ लाख ६२ हजार ४ सय ७० युरोमा इटालीबाट खरिद गरिएको हो । त्यसमा रहेको ४ वटा ब्रसले सडकको धूलोलाई सफा गर्नेछ । ती पाँच वटा ब्रुमर तत्कालका लागि रातिको समयमा ८ घण्टा सञ्चालन गरिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *