राष्ट्रिय प्रजातन्त्र पार्टीमा पदाधिकारी मनोनित

 

काठमाडौँ, १३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीमा पदाधिकारीहरु मनोनित भएका छन । वरिष्ठ उपाध्यक्षमा मनोनित हुनेहरुमा बुद्धिमान तामाङ र राजीव पराजुली रहेका छन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको विधान अनुसार पदाधिकारीको संख्या थप गर्दै दुई जनालाई बरिष्ठ उपाध्यक्षमा मनोनित गरेका हुन् । त्यसैगरी उपाध्यक्षमा थापाले प्रेमबहादुर भण्डारी, टंक ढकाल, नरेन्द्रबहादुर चन्द, तोरण बहादुर गुरुङ, रोशन कार्की, भीमप्रसाद गौचन र महेशलाल महासेठल मनोनित भएका छन । महामन्त्रीहरुमा राजेन्द्र लिङ्देन र धवल शम्शेर जवरा मनोनित भएका छन् । लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एकमात्र सांसद हुन् भने जवरा नेपालगञ्जका मेयर हुन । प्रवक्तामा सुशील श्रेष्ठ, भुवन पाठक र नीलकण्ठ काफ्ले नियुक्त भएका छन् ।
सह महामन्त्रीमा चन्द्रबहादुर गुरुङ, कुन्ती शाही, दीपक बहादुर सिंह, भक्तिप्रसाद सिटौद्या, अर्जुन राई र भरत रायमाझी नियुक्त भएका छन । सहायक महामन्त्रीमा लीलादेवी श्रेष्ठ र मदन बहादुर कार्की मनोनित भएका छन । सहायक प्रवक्तामा रमानन्द न्यौपाने मनोनित भएको पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *