लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ ए २ मा चुनावी चलपल


काठमाडौं, ११ चैत्र । लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ ए २ को २०१९–०२० मा नया नेतृत्व चयनका लागि चुनावी चलपल शुरु भएको छ । लायन्स क्लब अफ ईन्टर नेशनल ३२५ ए २, एमडि ३२५ ले मैतिदेवि स्थित वैभव पार्टि प्यालेसमा आइतबार आयोजना गरेको लायन्सको वृहत्त कार्यक्रममा गर्भनर, फस्ट भीडिजी र सेकेण्ड भीडिजीका लागि उमेदवरीहरु घोषणा र उमेदवार फार्म दर्ता गरीएको छ । लायन्स क्लब अफ ईन्टर नेशनल ३२५ ए २ को २०१९–२०२०का लागि गर्भनरमा (हाल फस्ट भीडिजी) लायन शोभा जोशी, फस्ट भीडिजीका लागि (हाल सेकेण्ड भीडिजी) लायन डा. शुशीला मल्ल र सेकेण्ड भिडिजीका लागि लायन केशव पाण्डेले आ–आफ्नो उमेदवारी दर्ता गरेका छन । उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ३२५ ए २ का गर्भनर लायन सुदर्शनधर प्रधानाङ्गले शुभकामना मनतव्य दिएका थिए । मल्टिपल चियर पर्सन लायन डिआर खनालले गर्भनरकी उमेदवार लायन शोभा जोशी र फस्ट भीडिजीकी उमेदवार लायन शुशीला मल्ललाई शुभकामना दिदै उनिहरुलाई एस भोट गर्न अनुरोध गर्दै सेकेण्ड भीडिजीका लागि अरुकुनै उमेदवारी नपरेको हुदा सेकेण्ड भीडिजीका उमेदवार लायन केशव पाण्डेलाई पनि एस भोट दिन अनुरोध गरेका छन । लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ ए २ को २०७६ बैशख २८ गते राष्ट्रिय सभागृहमा कन्भेन्शन (एजिएम) हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *