लायन्स क्लब ईन्टरनेशनलद्वारा दश जना सम्मानित

काठमाडौँ, ११ चैत्र । लायन्स क्लव अन्तर्राष्टिय ३२५ ए–२, एमडि,३२५ ले नेपालमा ख्यातीप्राप्त विभिन्न क्षेत्रमा रहेर नेपाल र नेपालीका लागि अतुलनिय योगदान गरे वापत जेष्ठ नागरिक तथा युवा उद्योगिहरुलाई एक कार्यक्रम वीच सम्मान गरिएको छ । आइतबार भएको कार्यक्रममा समाजमा योगदान गरेका १० जना व्यत्तित्वहरुलाई दोशल्ला ओढाएर सम्मान गरेको छ । श्रम, रोजगार तथा सामाजिक मन्त्री गोकर्ण विष्टले सम्मानित गरेका थिए । सम्मानित हुनेमा राजदूत तथा शिक्षाविद नारायणप्रसाद अर्याल, नेपाल राष्ट्र बैकका पहिलो गर्भनर हिमालय शम्शेर जबरा, पूर्व उपकुलपति तथा पूर्वराजदूत प्रा.डा. केदारभक्त माथेमा, पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ, सफल व्यावसायी राधाकृष्ण शर्मा, पूर्वराजदूत डा. गणेश योञ्जन, पूर्वराजदूत प्रा.डा. विष्णुहरि नेपाल, पूर्वराजदुत डा.मदनकुमार भट्टराई, एनआरएनका पूर्व अध्यक्ष डा.उपेन्द्र महतो र समाजसेवी सनोत थापा सम्मानित भएका छन । मन्त्री विष्टले नेपाली पार्सपोर्टमा नेपालका अरव पति र खरवपतिहरुलाई विदेश जादा विदेशि एयरपोर्टहरुमा उनीहरुलाई खानतलासी लिने र अपमानित गर्ने काम गरिन्छ । त्यसैले हामि नेपाली सबै मिलेर नेपाललाई समृद्ध बनाउनु पर्छ र नेपालीहरुलाई गरिवहरुको देशबाट मुक्त गराउन हामी सबै एक भएर लाग्नु पर्ने बताए । सम्मान समारोहमा लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५, ए २ का गर्भनर लायन्स सुर्दशनधर प्रधाङ्ग, मल्टिपल चियर पर्सन लायन्स डिआर खनाल र काठमाडौं ३ नम्बर क्षेत्रका प्रदेश सांसद नरोत्म बैद्यले संवोधन गर्नु भएको थियो । कार्यक्रमको उदघोष पीडिजी लायन सुधाकर कुमार उपाध्यायले गर्नु भएको थियो भने डिस्ट्रिक ३२५, ए २ की ईन कमीङ्ग गर्भर्नर लायन्स शोभा जोशीले धन्यबाद ज्ञापन सहितको मनतव्य दिएका थिए । कार्यक्रम नेपालका चीप कोर्डिनेटर लायन धनराज भडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *