वार्ता र संवादबाट समस्याको समाधान गर्ने प्रधानमन्त्रीको दावी

काठमाडौँ, ११ चैत । सरकारसँगका असहमतिहरु वार्ता र संवादबाट समाधान गर्न सरकार तत्पर रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले अराजक गतिविधि एवम् विध्वंसात्मक गतिविधि नियन्त्रण गर्दै विकास निर्माणका अभियानलाई तीब्रगतिमा अगाडि बढाउन सरकार क्रियाशील रहेको बताएका छन । उनले मुलुक जनताका अधिकार सुनिश्चित गर्ने गहन अभिभारा पूरा गर्न सरकार अविचलित भएर अगाडि बढेको बताए । चुनौतीको आधार तय गर्न र कानून निर्माणका दृष्टिले यो वर्ष ठूलो उपलब्धिको वर्षका रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधानअनुसार निर्वाचनपछि तीनै तहका सरकारको गठन भई संस्थागत भएको बताए । उनले भने, “विगतका राजनीतिक उपलब्धि जोगाउन सक्ने भएका छांै, विगतका तिता अनुभव जस्तो हुन दिँदैनांै, गत वर्षको फागुन २१ गतेबाट शुरु भएको संसद् अधिवेशनमा सफलताको वर्ष मनाएका छौँ ।” संविधान कार्यान्वयन, संरचना निर्माण, संरचनाको व्यवस्थापन सुसञ्चालन सहज नभएपनि सहज रुपमा पार गरेको बताउँदै उनले संविधानको भावी कार्यान्वयनका लागि नजिर निर्माण, कानून निर्माण मौलिक हकलगायत थिति प्रारम्भ गरेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले संसदमा मतभेद बिना धेरै कानून निर्माण हुनु आसाधारण विषय भएको बताए । उनले भने, “भ्रष्टाचार नियन्त्रणका लागि कानूनी कारवाही गर्न जस्तोसुकै परोस् ढाकछोप हुँदैन । यसमा सरकार सहदैन र कारवाही हुन्छ ।” अन्तर्राष्ट्रिय मामिलाका सम्बन्धमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र अभिवाज्यताको रक्षा र संम्बद्र्धन सरकारको आधारभूत नीति र दृष्टिकोण हो भने । छोटो अवधिमा नेपालले महिला सहभागिताका सम्बन्धमा उल्लेख्य उपलब्धी हासिल गरेको बताउदै उनले विकसित र ठूला राष्ट्रभन्दा नेपाल अघि रहेको धारणा व्यक्त गरे । शैक्षिक क्षेत्रमा उल्लेख्य उपलब्धि प्राप्त भएको बताउँदै प्रधानमन्त्री ओलीले दुई वर्ष भित्र निरक्षरता उन्मुलनका लागि धेरै काम गरिरहेका जानकारी गराए । सरकार गठन भएपछि समयमै विद्यालयमा पाठ्यपुस्तक पु¥याएको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले भने, “खाद्यान्नको अभाव हुन दिइएको छैन, महिलाको प्रजनन अधिकारका लागि हवाई सेवा दिएर पनि मातृशिशुको ज्यान बचाएका छौँ । करीब ८०० किमी सडक बाटो कालोपत्रे भएको छ । यो विकास निर्माणको आधार वर्ष हो ।” यो वर्ष धान उत्पादनमा नौ प्रतिशत वृद्धि भएको उल्लेख गर्दै उनले विकास निर्माणका काम तीब्रगतिमा अघि बढेको तथा वन विनाश पनि रोकिएको बताए । वन क्षेत्र ४५ प्रतिशत पुगेको र अब वनलाई कृषिमा जोड्न नीतिगत रुपमा सरकार अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले पुनःनिमार्णमा पनि उल्लेख्य प्रगति हासिल गरेको जानकारी गराए ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकारको एक वर्षका अवधिमा संविधानबमोजिम १२६ नयाँ कानून निर्माण हुनु संसदीय इतिहासकै पहिलो घटना भएको बताए । ओलीले यसबीचमा १२६ कानून निर्माण, १३ ऐन संशोधन र केही ‘केही नेपाल ऐन संशोधन’ हुनु संसदीय इतिहासमै पहिलो भएको जिकिर गरे । उनले यसबीचमा केन्द्र, प्रदेश र स्थानीय तहबीच सुसम्बन्ध र सहसञ्चालनलाई सहज ढङ्गले अगाडि बढाइएको र संविधानको कार्यान्वयनका निम्ति बाटो बनाई अभ्यास, नजिर र दृष्टान्त स्थापित गर्ने काम भएको बताए । प्रधानमन्त्रीले भने, “लोकतान्त्रिक आचरण, भ्रष्टाचार र आपराधिक घटना नियन्त्रण गरी कानूनको राज कायम गर्न सरकारले काम गरिरहेको छ । संविधानप्रदत्त जनताका मौलिक हक कसरी कार्यान्वयन गर्ने र नीतिहरुको निर्माण र थिति बसाल्न हामीले यसबीचमा समय व्यतीत गरेका छौँ । समावेशिता र समानताको कार्यान्वयनका क्षेत्रमा पनि हामीले छोटो समयमा उपलब्धि हासिल गरेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *