ग्रेटर नेपाल र पश्चिमी सहाराबिच उपनिवेशविरुद्ध सँगसँगै लड्ने

काठमाडौँ, १० चैत । जेनेभास्थित संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद् भित्र मार्च २१ तारिखमा सम्पन्न साइड इभेन्ट अन्तर्गत `२०३० अजेन्डा र मानवअधिकार ´ विषयक कार्यक्रममा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाकाअध्यक्ष फणीन्द्र नेपालले मोरक्कोको उपनिवेश पश्चिमी सहाराको स्वतन्त्रताको अान्दोलनको खुला समर्थन गरेपछि मोर्चाका अध्यक्ष नेपाल र पश्चिमी सहाराको स्वतन्त्रता सङ्घर्षका योद्धा नजला मोहमद लमजन , हसन मुईद अली र मारियाबिच ग्रेटर नेपाल र पश्चिमी सहारा उपनिवेश अन्त्यका लागि अन्तर्राष्ट्रिय मञ्चमा मिलेर अगाडि बढ्ने सहमति भएको छ । काठमाडौँ फर्किएलगत्तै हाम्रा संवाददातासँग कुरा गर्दै ग्रेटर नेपालका अभियन्ता नेपालले दक्षिण एसियामा कलङ्कका रूपमा रहेको नेपाली भूमिमाथिको भारतीय उपनिवेशविरुद्ध लडिरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा र अफ्रिकाको अन्तिम उपनिवेश भनिएको पश्चिमी सहाराको मुक्तिका निम्ति लडिरहेको `वेस्टर्न सहारा ह्युमन राइट्स डिफेन्डर´ बिच उपनिवेशमा रहेको अाअफ्नो भूमिको स्वतन्त्रताका निम्ति एकअर्कालाई सहयोग गरेर संयुक्तरूपमा अघि बढ्ने विषयमा हामीबिच ऐक्यबद्धता कायम हुनु निकै महत्त्वपूर्ण कुरा हो । नेपालले अगाडि भने , उपनिवेशको अन्त्यका लागि झन्डै अाधा शताब्दीदेखि मोरक्को विरुद्ध लडिरहेका साथीहरूको अनुभव र उनीहरूले कायम गरेको नजिरबाट केही सिक्न पाउनु ग्रेटर नेपाल प्राप्त गर्न लडिरहेका हामीहरूका निम्ति रोमाञ्चक कुरा हो । यसले अब अन्तर्राष्ट्रिय मञ्चमा ग्रेटर नेपाल एक्लै छैन भन्ने देखाएको छ, जुन सबै नेपालीका निम्ति सबैभन्दा खुसीको कुरा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *