ग्लोबल आइएमई बैंकद्वारा सार्वजनिक सवारी साधनका चालक र परिचालकलाई ५०० थान पोशाक वितरण


काठमाडौं, ३० फागुन । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा उक्त प्रदेशका सार्वजनिक सवारी साधनकाचालक तथा परिचालकलाई सामुदायिकप्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ५०० थानपोशाकवितरण गरेको छ । प्रदेश नं. १ अन्तर्गतका १४ वटै जिल्लाहरुमा संचालनहुने सार्वजनिक सवारी साधनका चालक तथा परिचालकहरुले अनिवार्य पोशाक लगाउनुपर्नेे व्यवस्थालाई कार्यान्वयनगर्न÷गराउन निम्न आयस्तर भएका सवारी चालक तथा परिचालकहरुलाई उक्तपोशाकहरु वितरण गरिएकोहो । ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीसँगको सहकार्यमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सवारी दुर्घटना न्यूनीकरण एवम् ट्राफिक व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यकालागि विभिन्नकार्यक्रहरुमा सहयोग गर्दै आएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमाआईपर्ने प्राकृतिकविपत्तिहरु; बाढी, पहिरो, भुकम्पलगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतना मूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमापनि सदैव सक्रिय रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *