राप्रपाले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गर्दै

काठमाडौं, १ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन चैत १ मा काठमाडौंको भृकुटीमण्डपमा गर्ने भएको छ । ताप्लेजुङबाट सुरु भएको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन चैत १ मा काठमाडौंको भृकुटीमण्डपमा गर्ने भएकोे हो । शुक्रबार उपत्यकामा आयोजना गर्ने कलशयात्रा र आमसभाको समय तालिका बिहीबार सार्वजनिक गरेको छ । अपरान्ह १२ बजे भृकुटीमण्डपमा राप्रपाको कार्यक्रम समापन हुने गरी पार्टीले समय तालिका र रुट सार्वजनिक गरेको हो । बिहान ७.३० बजे ललितपुरबाट यात्रा सुरु हुने कार्यक्रम तय गरेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । ललितपुरबाट सुरु भएको यात्रा भक्तपुर जानेछ । भक्तपुरबाट काठमाडौंका विभिन्न स्थल हुँदै डिल्लीबजार पुग्नेछ । त्यहाँबाट कलशयात्रा भृकुटीमण्डपमा पुग्नेछ । राप्रपाले स्वाविमान यात्राका क्रममा यातायात अवरुद्ध हुनसक्ने संकेत गर्दै वैकल्पिक मार्गबाट यात्रा गर्न आग्रह गरेको छ । ’यात्रा सञ्चालन हुने रुटहरुमा केही समय सवारी आवागमनमा असुविधा उत्पन्न हुन सक्ने भएकाले क्षमा याचना गर्दै वैकल्पिक रुट प्रयोग गर्नु हुन आदरणीय उपत्यकावासी दाजुभाई तथा दिदिवहिनीमा राप्रपा सादर अनुरोध गर्दछ,’ श्रेष्ठद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।
यात्राको रुट यस्तो हुनेछ
बिहान ७.३० बजे जावलाखेलबाट कुमारीपाटी–लगनखेल–सातदोबाटो–ग्वार्को– कोटेश्वर–जडिबुटी – लोकन्थली – गठ्ठाघर – पुरानोबाटो गठ्ठाघर व्यारेक – पुरानो ठिमी–सल्लाघारी – नगरकोट जाने बाटो हुँदै व्यासी – कमलविनायक – च्यामासिंह – जगाती–सुर्य्विनायक चोक – सल्लाघारी – नयाँठिमी – गठ्ठाघर – लोकन्थली – जडिबुटी – कोटेश्वर–तिनकुने– सिनामंगल – पुरानोवानेश्वर – मैतीदेवी– डिल्लीबजार–पुतलीसडक–बागबजार–रत्नपार्क–विद्युत प्राधिकरण हुँदै प्रदर्शनीमार्ग, भृकुटीमण्डप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *