काठमाडौँ । चलचित्र शुभलभ चैत १५ बाट प्रदर्शनमा आउने तयारीमा छ । उनी ज्योतिष शास्त्र अनुसार फिल्म सफल हुने र दर्शकले रुचाउने बताउँछन् । उनको यो ’प्रेडिक्सन’ कति मिल्छ ? त्यसका लागि भने प्रतिक्षा गर्नैपर्ने हुन्छ । अहिले उनी आफ्नो ज्योतिष पेशालाई कम समय दिएर फिल्मको प्रचारमा बढी दौडिरहेका छन् । हुन त फिल्ममा पनि उनी ज्योतिषकै भूमिकामा छन् । तर, रियल लाइफसँग भने फिल्मको कथा नमिल्ने उनले बताए । ‘शुभ लभ’ मा निभाएको चरित्रलाई भने दर्शकले स्वीकार गर्ने उनको विश्वास छ । उनले बच्चादेखि वृद्धसम्म सबैलाई मनपर्ने र सजिलै बुझ्ने कथा फिल्ममा रहेको बताए । एक टिभी अन्तर्वार्तामा उनले फिल्ममा उठाइएको कथावस्तु आजसम्म कुनै फिल्ममा नदेखिएको पनि दाबी गरेका छन् । नव(अभिनेत्री क्रिस्टिन पौडेलले पनि फिल्म उत्कृष्ट बनेको दाबी गरिन् । उनी भन्छिन्, ’फरक कथामा एउटा राम्रो फिल्म बनेको छ । मैले पनि आफ्नो तर्फबाट उत्कृष्ट दिन कुनै कसर बाँकी राखेको छैन ।’ ’तिमी हुन्छौ भने मेरो शुभ लभ’ गीतले यतिबेला फिल्मको लोभलाग्दो हाइप निर्माण गरिरहेको छ । हाँसो, रोदन, प्रेम, विछोड, द्वन्द्व सबै मिश्रित ट्रेलरलाई पनि दर्शकले निकै रुचाएका छन् । गीतसंगीत र ट्रेलरका कारण पनि दर्शकमाझ व्यग्र प्रतिक्षामा रहेको फिल्मलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशन हो । फिल्मका प्रस्तुतकर्ता प्रदीपकुमार उदय हुन् ।यद्यपि, फिल्मको कथा भने उनी स्वयंले लेखेका हुन् । आफूले लेखेको कथामा आफू नै फिट हुने भएकाले फिल्ममा काम गरेको उनले प्रस्ट्याए । यसअघि उनले लेखेको कथामा फिल्म ’ए मेरो हजुर २’ बनेको थियो । उनले चाहेको भए डेब्यू फिल्म ‘शुभ लभ’ नभएर ’ए मेरो हजुर २’ हुन्थ्यो । किनकि, यो फिल्ममा पहिला उनी नै हुने फाइनल भएका थिए । तर, पछि उनले फिल्म नगर्ने निर्णय लिएपछि निर्देशक झरना थापाले अभिनेता सलिनमान बनियाँलाई अनुबन्ध गरेकी थिइन् । हरिहर आफूलाई भूमिका फिट नहुने भएकाले ’ए मेरो हजुर २’ नगरेको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *