राउतसँग गरिएको सम्झौतालाई अपराजधजन्य सहमति भन्दै चौतर्फी बिरोध


काठमाडौं, ३० फागुन । नागरिक अगुवाहरुले सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौताको बिरोध गर्दैे सिंहदरबारको पश्चिम गेटमा प्रदर्शन गरेका छन् । सिके राउतसँग गरिएको सम्झौतालाई ‘अपराजधजन्य सहमति’ भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । विखण्डनको अभियान परित्याग गर्ने सहमति भएको भनिएपछि सम्झौताको बुँदा नम्बर २ लाई जनमतसंग्रहका रुपमा ब्याख्या गरिएको भन्दै नागरिक अगुवाहरुले यो सम्झौताले राष्ट्रिय अखण्डतामा प्रहार गरेको बताएका छन् । तर, विखण्डन अभियान त्याग्न तयार भए सकरात्मक रूपमा लिने उनीहरूको भनाइ छ । प्रदर्शनका क्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्वसभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, गीता तिमल्सिना, अधिकारकर्मीहरु ईश्वर पुडासैनी, विपी पौडेल, बाबुराम न्यौपाने, विनित अर्याल, नानीकाजी गिरी, भगवान पुडासैनी, अर्जुन लामिछाने, भक्त लिम्बु, नामबहादुर पुनसहित १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिको बिषयमा अहिले चौतर्फी बिरोध हुन थालेको छ ।
यसैबीच कांग्रेसले सरकार र सिके राउतबीच भएको ११ बुँदा मध्ये २ नम्बर बुँदालाई सच्याउन आग्रह गरेको छ । बुधबार कांग्रेसले पत्रकार सम्मेलन गर्दै जनमत संग्रह बुझिने गरी सम्झौता गरिएको हुनाले सरकार र सिके राउतले उक्त बुँदालाई साझा ब्याख्या गर्ने वा सच्याउने विकल्प रहेको कांग्रेसले बताएको छ ।’ बुँदा नम्बर २ मा जनअभिमतको अर्थ जनमतसंग्रहको आशय देखिने गरी सम्झौता भएको रहेछ त्यो गम्भीर आपत्ति छ,’ प्रवक्ता शर्माले भने, ’सरकारले निर्णय सच्याओस्।’तराई(मधेशको समस्या संविधान संशोधन गरेर समाधान गर्न सकिने भए पनि सरकार त्यसतर्फ अघि नबढ्नु दुस्खद भएको कांग्रेसको भनाइ छ । आफूहरुले तराई–मधेश समस्या समाधान गर्न संविधान संशोधन प्रस्ताव लगे पनि तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रघाति भनेको पनि शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *