मन्त्रीमण्डल पुनर्गठन गर्नेबारे ओली– प्रचण्डबीच छलफल

काठमाडौं, २९ फागुन । मन्त्रीमण्डल पुनर्गठन गर्नेबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच छलफल भएको छ । मंगलबार विराटनगर पुगेका प्रचण्डले पत्रकारसँगको कुराकानीमा मन्त्रीमण्डल पुनर्गठन गर्नेबारे मंगलबार प्रधानमन्त्रीसँग आफ्नो छलफल भएको बताएका छन् । विराटनगर पुगेका दाहालले पत्रकारसँगको कुराकानीमा मन्त्रीमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीसँग रहेको पनि बताए । मन्त्रीले काम गरे नगरेको मूल्यांकन गर्ने र मन्त्रीमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीलाई छ । ’मन्त्रीमण्डल पुनर्गठन गर्ने या नगर्ने भन्ने निर्णय प्रधानमन्त्रीले लिने बताए । ‘मन्त्री हेरफेर गर्ने कि नगर्ने भन्ने प्रधानमन्त्रीले कसरी हिसाव गर्नुभएको छ त्यसमा भर पर्छ,’ उनले भने, ‘प्रधानमन्त्रीको भनाइ के छ भने मन्त्रीहरुको काम हेरिराख्या छु । हेरफेर गर्नुपरे पनि अहिले हतार छैन।’ मन्त्री हेरफेर गर्नुपरे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई नै भएको आफूले बताएको प्रचण्डले सुनाए । मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा प्रधानमन्त्रीजीले कसरी हिसाव गर्नुहुन्छ, त्यसमा बढी भर पर्छ । हाम्रो सिस्टम भनेको प्रधानमन्त्रीकै छ । उहाँले कसरी मूल्यांकन गर्नुहुन्छ, त्यसमा भर पर्छ’, प्रचण्डले भने, मन्त्री फेर्ने वा पुनर्गठन गर्ने जिम्मेवारी प्रधानमन्त्रीलाई नै दिइएको पनि जानकारी दिए । अर्को प्रसंगमा उनले संविधानले दिएको व्यवस्था अनुसार प्रदेशलाई अधिकार दिइने पनि बताए । सरकारले अधिकार दिने र खोस्ने भन्ने कुरा नहुने भन्दै प्रदेशलाई संविधानअनुसार अधिकार दिइनुपर्छ भन्ने आफ्नो भनाई रहेको प्रचण्डले बताए । पृथकतावादी आन्दोलनमा लागेको सिके राउतलाई मुल धारमा ल्याउन सरकारले गरेको सहमतिलाई अन्यथारुपमा लिन नहुने भन्दै प्रचण्डले हतारमा टिप्पणी गरिहाल्नु जरुरी नभएको बताए । राउतसँग सरकारले गरेको सहमतिमा आफ्नो समर्थन रहेको पनि प्रचण्डले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *