बम विस्फोटको जिम्मा विप्लव युवा संगठनले लियो

काठमाडौँ, २६ फागुन । वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङको राजधानीको बसुन्धरास्थित घरमा गराइएको विस्फोटको जिम्मा विप्लव त्रेतृत्वको नेकपा निकट युवा सङ्गठन नेपालले लिएको छ । उक्त सङ्गठनको मध्य कमान्ड केन्द्रीय सचिव शिशिरले विज्ञप्तिमार्फत उक्त घटनाको जिम्मा लिएका हुन् । मानव तस्करीमा गुरूङको मेन पावर कम्पनी संलग्न रहेको र गुरुङलाई मानवतस्करी रोक्न बारम्बर चेतावनी दिँदादिदै पनि नरोको हुँदा यस्तो कार्वाही गर्न बाध्य भएको संगठनले जनाएको छ । संगठनले आगामी दिनमा त्यस्ता मानव तस्करी जारी राखे अझै थप कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *