दवाउने होईन सम्बोधन गर

कपिलबस्तुको शिवगढीमा प्रहरीले अप्रशेन गरेर आफ्ना कार्यकर्तामाथि गोली चलाएको नेपाल कम्युनिस्ट पार्टीले आरोप लगाएको छ । नेकपा लुम्बिनी ब्यूरोले प्रहरीले बरामद गरेको हतियार आफ्नो नभएको समेत बताएको छ । प्रहरीले आफ्नो हतियार जबरजस्ती थमाएर फसाउने षड्यन्त्र गरेको बताएको छ । स्थानीय दुर्गाबहादुर रोकालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा प्रहरीले गरिफ्तार गरी बीच बाटोमा जबरजस्त हतियार थामाईदिइ प्रहरीबाट नै उनको खुट्टामा गोली हानी घाइते बाएको खावी गरिएको छ । रोकाको घरमा भेटिएको भनिएको उक्त हतियार पार्टीको नभएको जानकारी गराएको छ । यो घटना प्रहरीले आफ्नो हतियार जबरजस्त धमाई षड्यन्त्रमूलक ढंगबाट फसाउने कुनियतबाट प्रेरित रहेको स्पष्ट पारेको छ । राणाहरुले पनि प्रजातन्त्रपक्षधरलाई दुखदिने गरेका थिए तर पनि मुलुकमा प्रजातन्त्र आयो । त्यसैगरी पंचायती ब्यवस्थामा बहुदलवादीलाई दुखदिने गरेको थियो र पनि मुलुकमा बहुदल आयो । विगतमा शेरबहादुर देउवाले पनि माओवादीलाई चेतावनी दिएकै हुन् । राज्यले किलोसेरा टु पनि चलायो । रोमियो पनि चलाएकै हो तर माओवादी किन अगाडि बढ्यो ? त्यसकारण अहिलेको समस्या प्रशासनिक समस्या होइन । यो राजनीतिक समस्या हो । विगतमा पनि माओवादीलाई आतङ्ककारी भनेकै हो । माओवादीले हतियार समात्यो, अहिले उसैले विप्लवलाई आतङ्ककारी भन्दैछ । सरकार अहिले जसरी प्रस्तुत भएको छ, त्यसले भविष्यमा टकराव झन् बढ्ने देखिन्छ । अब विस्तारै विप्लवहरू गतिविधि बढाएर ‘मिलिट्री मोबिलाइजेसन’मा आउँछन् । सेना बनाएको भनेर विप्लवले बोलिसकेका छन् । अब उनीहरू मिल्ट्री मोबिलाइजेसनमा जाँदा अनावश्यक सर्वसाधारण मारिने कुरा हुन्छ । त्यसकारण सरकारले त्यसलाई प्रशासनिक समस्या मानेर आतङ्ककारी भन्दैमा कुनै फाइदा गर्नेवाला छैन । सरकारले राम्रा काम, जनमुखी कामहरू गर्दै गयो भने विप्लव समूह होस् वा अरू कुनै समूहको आकर्षण कम हुँदै हुँदै जाने हो । सरकारले एकपछि अर्को अलोकप्रिय काम गर्दै जाने, जनताको मन जित्न नसक्ने हो भने विप्लवलाई जति चेतावनी दिए पनि विप्लवहरूको आकर्षक बढ्दै जान्छ । जनताको विचारलाई दवाएर होईन सम्बोधन गरेर समस्याको समाधान निकाल्नु पर्छ । यसैमा सवैको भलो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *