प्रहरी दमनकोे सशक्त प्रतिरोध गर्ने विप्लव माओवादीको चेतावनी, विप्लव माओवादीका ३७४ जना पक्राउ

काठमाडौँ, २० फाल्गुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनस्टि पार्टीले प्रहरी दमनकोे सशक्त प्रतिरोध गर्नेे चेतावनी दिएको छ । नेपाल कम्युनस्टि पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनले आफ्नो पार्टीले देशैभरि चलाइरहेको सङ्गठन सुदृढ र विस्तार गर्ने राजनीतिक अभियानमा प्रहरीले हस्तक्षेप गरेको भन्दै दमनकोे सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका हुन । इन्चार्ज सुदर्शनले सोमबार प्रेसविज्ञप्ति जारी गर्दै राजनीतिक अभियानमा खटिरहेका आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई बिनाकारण राजनीतिक आस्थाकै आधारमा गिरफ्तार गर्ने, धरपकड गर्ने गरेमा आफ्नो पार्टीले सशक्त प्रतिरोध गर्ने भन्दै त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सरकार नै हुुनुपर्ने चेतावनी दिएका छन् ।
यसैगरी प्रधान प्रधान कार्यालयका अनुसार २०७५ सालमा विप्लव माओवादीका ३७४ जना पक्राउ परेका छन् । तीमध्ये शंकास्पद मात्र रहेका १७ जना रिहा भइसकेका छन । बाँकी सबै हिरासतमा छन, अधिकांश चन्दा संकलनमा थुनिएका छन् । प्रहरीले अरु जिल्लाबट पनि माओवादी कार्यकर्ता नियन्त्रमा लिइरहेको छ । सिन्धुपाल्चोकको चौताराबाट शनिबार मात्र जिल्ला तहका १७ जना माओवादी कार्यकर्ता पक्राउ परेका छन् ।
कमान्ड इन्चार्ज सुदर्शनले घटनामा कतिपय स्थानीय कथित जनप्रतिनिधिहरूको सुराकी भएको बुझिएकाले हामीले गम्भीर अनुसन्धान अघि बढाएका छौँ । देशको विकास र रक्षाका लागि त्यो चेतना फैलाउँदै दुःख–कष्टहरू साथ जनताका बीचमा हिँडिरहेको अभियान टोलीलाई राज्यविरुद्धको अपराधको मुद्दा लगाउने षड्यन्त्र गरिरहेकाले सरकारका अधिकारीहरूको दिमाग ठीक ठाउँमा छ कि छैन भन्ने प्रश्न उठेको छ । यसैगरी युवा सङ्गठन नेपालका काठमाडौँ जिल्लाका अध्यक्ष जयराम दङ्गाललाई पनि गिरफ्तार गरिएको छ । योलगायत देशव्यापी धरपकडको घोर भत्र्सना गर्दै सिन्धुपाल्चोकमा गिरफ्तार भएको पार्टी जिल्ला समिति सदस्य राजन मल्ललगायत १७ जना र देशभर गिरफ्तार सबैजनालाई बिनासर्त तत्काल रिहाइको जोडदार माग गर्दछौँ । हाम्रो राजनीतिक अभियानलाई यसरी नै दमन गर्न खोजियो भने जनप्रतिरोधको परिणामप्रति सामाजिक दलाल पुँजीवादी केपी ओली सरकार नै जिम्मेवार हुने चेतावनी दिन चाहन्छौँ । प्रेसविज्ञप्तिमा भनिएको छ ।यता जिल्लामा चन्दा आतंक मच्चाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए । प्रहरीका अनुसार विप्लव माओवादीको चन्दा–आतंक तीब्र छ । पुरानो माओवादीभन्दा आक्रामक शैलीमा विप्लव माओवादीले चन्दा उठाएको गुनासो र उजुरी रहेको प्रहरीले दावी गरेको छ ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टीका गुल्मी जिल्ला सेक्रेटरी खिम खड्कालाई पक्राउ गरेको छ । शान्ति सुरक्षामा खलल पु¥याएको भन्दै खड्कालाई सदरमुकाम तम्घासबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले उनलाई आइतबार पक्राउ गरेको पुष्टि गरेका छन ।
यसैबीच सिन्धुली जिल्लामा क्रान्तिकारी ध्रुवीकरण तीव्र भएको छ । फागुन ८ गते भालुभन्ज्याङ १ मा पार्टी ध्रुवीकरण तथा पूर्णकालीन कार्यकर्ता घोसणा कार्यक्रम सम्पन्न भएको छ । मोहन वैद्यले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सदस्य तथा गोलन्जर इलाका अध्यक्ष मुक्ति पहाडी, सोही पार्टीको युवा सङ्गठनका संयोजक तथा जिल्ला समिति सदस्य राजीव सुनुवार, प्रचण्ड समूहका गोलन्जर गापा ( साबिक डुँडभन्ज्याङ) वाईसीएल अध्यक्ष उदय अछामी, नेकपा ( क्रामा) गोलन्जर गापा १ का युवा सङ्गठनका संयोजक कृष्ण श्रेष्ठ, प्रचण्ड समूहका दुधौली नपा सदस्य भरत खड्का विप्लव नेतृत्वको ने.क.पा. मा प्रवेश गरेका छन ।त्यसैगरी २०५८ मा घोषित सिन्धुली जनसरकारका प्रमुख मुक्ति पहाडी, जिल्ला सदस्य रमेश चौहान, वडा प्रमुख राजन चौहान पनि नेकपा (क्रान्तिकारी माओवादी) परित्याग गरेर ने. क. पा. मा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश तथा पूर्णकालीन कार्यकर्ता घोषणा कार्यक्रममा उनीहरू पार्टी प्रवेश गरेका हुन् । मुक्ति पहाडी, राजीव सुनुवार, उदय अछामी, कृष्ण श्रेष्ठ, भरत खड्का र कमला रानालाई पूर्णकालीन कार्यकर्ता घोषणा गरिएको छ । मुक्ति पहाडी २०५६ सालकै पूर्णकालीन कार्यकर्ता हुन् ।गोलन्जरमा भएको उक्त कार्यक्रमको प्रमुख अथिति ने.क.पा. की पीबीएम तथा जनकपुर अभियानकी कमान्डर उमा भुजेल ‘शिलु’ ले क्रान्तिकारी ध्रुवीकरणमा आएका कार्यकर्ताहरूलाई स्वागत गरेकी थिइन् । उक्त कार्यक्रमको अध्यक्षता मौसम राई, सञ्चालन राजन बस्नेत, स्वागत गोपाल तामाङ र मन्तव्य दिनेश सारुले राखेका थिए । कार्यक्रममा राजीव सुनुवार, मुक्ति पहाडी र शङ्कर थापाले अनुभूति मन्तव्य राखेका थिए । त्यसैगरी फागुन १९ गते गोलन्जर १ सिमलटारमा भएको ध्रुवीकरण कार्यक्रममा वैद्य र प्रचण्ड समूहका कयौँ नेता–कार्यकर्ता ने.क.पा. मा प्रवेश गरेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *