ग्लोबल आइएमई बैंकद्वारा ऋणपत्र निष्कासन

 

काठमाडौँ, ९ फागुन । ग्लोबल आइएमई बैंकले सर्वाधिक व्याजदर १०.२५% सहितको ऋणपत्र  छ । उक्त ऋणपत्रमा बजारमा उपलब्ध अन्य ऋणपत्रहरु मध्ये सवैभन्दा बढि १०.२५%व्याजदर रहेको छ । मिति २०७५÷११÷१५ गतेदेखि खरिद गर्न सकिनेगरि १५ लाखकित्ता ऋणपत्र निष्कासनगरिएको हो । ५ वर्षमा परिपक्कहुने कुल १५ लाखकित्ताऋणपत्रमध्ये ५ लाख ९७हजार कित्ताको लागि सर्वसाधारणले आवेदनदिन सक्नेछन् भने ३ हजार कित्ता सामुहिक लगानीकोषकालागि र बाँकी ९ लाखकित्ता संस्थागतलगानीकर्ताको लागि छुट्याईएको छ । सर्वसाधारण लगानीकर्ता तर्फ प्रतिकित्ता १ हजार रुपैयाँकादरले न्यूनतम २५ देखि ७५ हजार कित्तासम्म आवेदनदिन सकिने छ भने संस्थागतलगानीकर्ताहरुको लागि अधिकतम लगानीसिमा लागू हुनेछैन । सी–आस्वाको माध्यमबाट फागुन १५ गते देखि फागुन १९ गतेसम्म आवेदनदिनसकिने ऋणपत्रमा उक्त अवधिभित्र आवश्यक मात्रामाबिक्री नभएमा चैत्र १४ गते सम्मपनिआवेदनदिई लगानीकर्ताले आफ्नो लगानीमा उच्चतमप्रतिफल प्राप्त गर्न सक्ने छन् । अर्धवार्षिक रुपमा ग्लोबल आइएमई बैंक लि. का जुनसुकै शाखाहरु मार्फत व्याजभुक्तानी लिन सकिने र लगानीकर्ताले आवश्यकता परेको खण्डमा सोही ऋणपत्र धितोमा राखेर अन्यकुनैपनि बैंकबाटकर्जा लिन सक्नेछन् । ऋणपत्रफारम ग्लोबल आइएमई बै.क लि. का सम्पूर्ण शाखा कार्यालयहरुका साथै नेपालधितोपत्रबोर्डबाट स्वीकृतीप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तिय संस्था र ती संस्थाहरुका तोकिएका शाखा कार्यालयहरुबाट निशुल्क प्राप्तगर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *