चलचित्र “जानी नजानी” को पोष्टर सार्वजनिक


काठमाडौँ । चलचित्र ‘जानी नजानी’ को पोष्टर सार्वजनिक भएको छ । उक्त पोष्टरमा मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंह र निरिशा बस्नेत को छुट्टाछुट्टै सार्वजनिक भएको हो । बसन्त अधिकारीको डेब्यू निर्देशनमा निर्माण भएको लभस्टोरी फिल्म ’जानी नजानी’ को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । आउँदो चैत्र १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको सार्वजनिक पोष्टरमार्फत् लिड कलाकारहरु मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंहसँगै डेब्यू गर्ल निरिशा बस्नेतको क्यारेक्टरलाई प्रस्ट्याइएको छ । फिल्ममा मनिष श्रेष्ठले ’देव’, निरिशा बस्नेतले ’मिरा’, सन्नी सिंहले ’चिराग’ र नम्रता श्रेष्ठले ’वर्षा’ को भूमिका निभाएका छन् । फिल्म यी चारकै वरपर घुमेका कारण निर्माण टिमले उनीहरुको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । क्यारेक्टर पोस्टरमा नामसँग ढाकालाई पनि जोडिएको छ । फिल्म आधुनिक प्रेमकथामा आधारित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *