लागुऔषधसहित ३ जना पक्राउ

 

काठमाडौँ, ५ फागुन । अवैध लागुऔषधसहित तीन जनालाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले पक्राउ गरेको छ । प्रभागको टोलीले नागढुङ्गामा शनिबार गरेको छुट्टाछुट्टै चेकजाँचका क्रममा लागुऔषधसहित ललितपुरका १८ वर्षीय साजन थापा र विनोद खड्गी तथा काठमाडौँका ३३ वर्षीय सुन्दर खड्कालाई पक्राउ गरेको हो । वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख २९७ नंको यात्रुवाहक बसमा थापा र खड्गी पक्राउ परेका हुन ।
यसैगरी हेटौँडाबाट काठमाडौँ आउँदै गरेको ना४ख ७४३५ नंको बसबाट खड्कालाई पक्राउ गरिएको होे । प्रहरीले थापा र खड्गीसँग तीन ग्राम खैरो हिरोइन र ३७ ट्याब्लेट नाइट्राभेट तथा खड्कासँग १७ एम्पुल नुर्फिन, १७ एम्पुल फेनार्गन र १७ एम्पुल डाइजेल्याब बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *