माओवादी केन्द्रले विप्लव र वैद्यसँग मिलेर शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने, जनविद्रोहको फौजी कार्यदिशाबाट समाजवादी क्रान्ति गर्ने निर्णय

काठमाडौँ, ५ फागुन । गोपाल किराती नेतृत्वको माओवादी केन्द्रले विप्लव र वैद्यसँग मिलेर शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न भएको माओवादी केन्द्रको आठौं महाधिवेशनले यस्तो निर्णय गरेको हो । महाविधेशनले जनविद्रोहको फौजी कार्यदिशाबाट वैज्ञानिक समाजवादी क्रान्ति गर्ने निर्णय समेत गरेको छ । फागुन १ गते काठमाडौंमा शुरु भएको महाधिवेशनले किरातीको अध्यक्षतामा ९९ सदस्यीय नयाँ केन्द्रीय समिति समेत निर्वाचित गरेको छ । महाधिवेशनले उपाध्यक्षमा तिलक थापा र रंगनाथ ढकाल, महासचिवमा कर्णजित बुढाथोकी, सचिवमा राजन तिमिल्सिना र विनोद उपाध्यायलाई निर्वाचित गरेको छ । किराँतीले स्थानीय वर्गसङ्घर्ष उठान र संविधानको समाजवादी पुनर्लेखनसहितको पार्टीको तत्कालीन कार्यनीति पारित गरेको जानकारी दिए ।महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले क्रान्तिकारीहरूबीच पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताका लागि तयार रहेको भन्दै क्रान्तिकारी कार्यदिशा पारित गर्नका लागि पुनर्गठित माओवादी केन्द्रलाई शुभकामना दिएका थिए । यस्तै नेकपा (माले) का महासचिव सीपी मैनाली, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीताराम तामाङ र सीमाविद् बुद्धिनारायण श्रेष्ठले पनि महाधिवेशनमा शुभकामना दिएका थिए ।
यसैगरी आफ्ना गिरफ्तार नेता कार्यकर्ताको रिहाइको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोले फागुन ८ गते ब्युरो अन्तर्गतका जिल्ला बन्दको आह्वान गरेको छ ।सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका आफ्ना नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरिएको भन्दै फागुन ८ गते लुम्बिनी अन्तर्गत पर्ने जिल्लाहरुमा बन्दको आह्वान गरिएको हो ।नेकपाका लुम्बिनी ब्युरो इन्चार्ज वीरजंगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तार गरिएका आफना नेताकार्यकर्ता रिहा नगरिए रुपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्ली पाल्पा, अर्घाखाची बन्दको घोषणा गरेका हुन ।गत माघ २३ गते अर्घाखाँचीबाट नेकपाका गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खिमबहादर खडका, अर्घाखाती सचिवालय सदस्य पिताम्बर पोखरेल र टुकलाल पुनलाई पक्राउ गरेको थियो ।उनीहरुसबैलाई सार्वजनिक मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय सन्धीखर्क अर्घाखाँचीमा राखिएको छ ।
यस्तै नेपाल कम्युनिस्ट पार्टीद्वारा सञ्चालित सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको ३२ औँ दिन फागुन ३ गते दक्षिण इलामको माई नगरपालिका वडा नं. ४ शुक्रबारेबजारमा विशाल जनसभा सम्पन्न भएको छ । सभालाई पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले सम्बोधन गरेका छन् ।सम्बोधनका क्रममा नेता पुनले एकीकृत जनक्रान्तिमार्फत अब छिट्टै समाजवाद स्थापना हुने र दलालहरूको पत्तासाफ हुने भएकाले नै उनीहरूले आफ्नो पार्टीमाथि दमन सुरु गरेको बताए । पाँचथरको रविबाट गिरफ्तार भएका सामना परिवारका कलाकार लक्ष्मण तामाङ र कुमार धामी सात दिनको हिरासतबाट मुक्त भएपछि सम्मान गर्दै नेता पुनले क्रान्तिकारीहरूलाई जेल, नेल र सत्ताको दमनले झन् स्पातिलो बनाउने बताए ।सुखानीमा रगत बगाएका झापा विद्रोहका सहिदको स्मरण गर्दै नेता पुनले इलाम सहिदले रगत बगाएको ठाउँ भएकाले सदैव क्रान्तिका पक्ष्ाँमा रहने विश्वास व्यक्त गरे । सहिदहरूको वीरता र बलिदानले उचाइमा पुगेको जनयुद्धको नेतृत्व गर्नेहरूले आत्मसमर्पण र गद्दारी गरेको भन्दै नेता पुनले तिनको निन्दा र भत्र्सना गरे । तिनको धोका र गद्दारीलाई चिरेर आफ्नो पार्टी निरन्तर क्रान्तिको बाटोमा अघि बढेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *