नेपालद्वारा इरान पराजित

काठमाडौँ, २ फागुन (रासस) । हिरो गोल्डकपअन्तर्गत बुधबार सम्पन्न लिग चरणको अन्तिम खेलमा इरानलाई ३–० गोलअन्तरले पराजित गरेको छ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा भएको खेलमा नेपालले इरानविरुद्ध फराकिलो जीत निकालेको हो । जीतसँगै नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमा अपराजित रहँदै नौ अङ्कका साथ फाइनल प्रवेश ग¥यो । तीन खेलमा ६ अङ्क जोडेको नेपालले उपविजेताको रुपमा म्यानमासँग उपाधि भिडन्त पक्का ग¥यो । नेपालले उपाधिका लागि शुक्रबार म्यानमासँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालका लागि सावित्रा भण्डारीले दुई र अनिता बस्नेतले एक गोल गरिन् । सावित्राले खेलको ५९औँ तथा ८९औँ मिनेटमा गोल गरिन् । यस्तै अनिताले खेलको ४१औँ मिनेटमा गोल गरेकी थिइन् । जीतसँगै ६ अङ्क जोड्दै नेपाल फाइनल पुगेको छ । सावित्राले भारतविरुद्धको खेलमा समेत दुई गोल गरेकी थिइन् । हारसँगै इरान प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल पहिलो खेलमा म्यान्मासँंग ३–० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भारतविरुद्ध २–१ को जीत निकालेको थियो । एक खेलमा जीत र एक खेलमा पराजित भारतको तीन अङ्क तथा म्यान्माले दुवै खेल जित्दै ६ अङ्क जोडेको छ । प्रतियोगितामा आयोजक भारत, इरान, नेपाल र म्यान्मा सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *