शंकरदेव क्याम्पसमाग्लोबल आइएमई बैंकलि.को एक्सटेन्सन काउण्टर

काठमाडौँ, २ फागुन । ग्लोबल आइएमई बैंक लि. ले राजधानीमा रहेको शंकरदेव क्याम्पसमा आफ्नो एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ । शंकरदेव क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले क्याम्पसलाई बुझाउनुपर्ने शुल्क संकलनको निमित्त बैंकले क्याम्पस परिसरमाउक्त एक्सटेन्सन काउण्टरको शुरुवात गरेको हो । यस संगै बैंकको एक्सटेन्सन काउण्टर संख्या ८ पुगेको छ । ग्लोबल आइएमई बैंकले सरकारी कार्यालयहरुको आर्थिक कारोबार बैंकिङ्गच्यानलको माध्यमबाट गराउने उद्धेश्यका साथविभिन्न सरकारी कार्यालयहरुमा आफ्नो उपस्थितिलाई प्रभाबकारी बनाउदै आएको छ । अत्याधुनिक बैंकिङ्ग सुबिधा र गुणस्तरिय सेवाको आधारमा ग्लोबल आइएमई बैंक सरकारी राजश्व संकलनकालागि नेपाल राष्ट्र बैंकले स्वीकृतिप्रदान गरेकानिजि क्षेत्रका बैंकहरु मध्ये एक बैंक हो । बैंकले परराष्ट्र मन्त्रालय राहदानीविभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोशी, नारायणी र गण्डकी अञ्चलका यातायात व्यवस्था कार्यालयहरु, अध्यागमन विभाग, उद्योग विभाग, यातायात व्यवस्था कार्यालय–सतुङ्गल, आन्तरिक राजश्वकार्यालयहरु जनकपुर, धरान, तुल्सीपुर, लाहान, कावासोतीर मालपोत कार्यालय नारायणगढमा आफ्नो काउण्टर स्थापना गरि सरकारी कार्यालयहरुमा सेवाप्रदानगदै आइरहेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा,एक्सटेन्सन काउण्टर तथाशाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवाप्रदानगर्दै आइरहेको छ । बैंकले १३३वटा शाखा, १५ वटाराजश्व संकलनकाउण्टर, १४२ एटिएम, ८वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्पmतआफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेकोछ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधि युुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा,इन्टरनेट बैंकिंङ्गसेवाको साथमा रु १५ लाखसम्मको बिनाधितो प्रोफेशनलपनि प्रदानगर्दै आइरहेको छ साथै अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया,दक्षिण कोरिया, साउदी अरेबिया, कतार,युएई,बहराइन, जोर्डन,लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *