अबको राज्य समाजवाद उन्मुख राज्य हो ः प्रचण्ड


चितवन, २५ माघ । अबको राज्य समाजवाद उन्मुख राज्य हो । हाम्रो बाटो समाजवादको हो भन्ने संविधानमा नै व्यवस्था भएको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले बताएका छन । बिहीबार भुवानीप्रसाद पौडेलको छैटौँ दिनको श्रद्धाञ्जलि सभामा उनले नेपाल अहिले समाजवाद र साम्यवादको लामो यात्रामा रहेको बताएका छन । उनले कम्युनिष्ट बाहेक अरूले बनाएका संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारलाई मौलिक अधिकारका रुपमा नराख्ने भन्दै आफूहरुले लोकतन्त्रवादीसँग मिलेर बनाएको संविधानमा ती कुरा समावेश गरिएको बताए । आर्थिक अवस्था कमजोर भएर पढ्न नपाउनेलाई पढाउने, बेरोजगारीलाई रोजगारी दिने र उपचार नपाउनेलाई उपचार दिने काम राज्यको भएको उनले बताए । पुरानो संस्कारलाई वैज्ञानिक, वस्तुवादी र प्रगतिशील दृष्टिकोणले विस्थापित गर्दै जानुपर्ने उनको भनाइ थियो । उनले स्व पौडेलले पार्टीलाई पु¥याएको योगदानको चर्चा गरे । अध्यक्ष प्रचण्डले भने, “आफ्नो राजनीतिक यात्रामा माडीमा बस्ने घर पौडेलको रहेको थियो ।” उनले विसं २०३६ को आन्दोलनपछिका समयमा पौडेलले पार्टी पङ्क्तिमा रहेर खेलेको भूमिका सराहनीय रहेको बताए । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाल, नेत्रप्रसाद पाठक, प्रेम रिमाल, स्व. पौडेलका जेठा छोरा सन्देश पौडेल लगायतले स्व पौडेलका बारेमा धारणा राखेका थिए । विसं २००५ मङ्सिर २७ गते स्याङ्जामा जन्मिएका पौडेलको यही माघ १९ गते मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *