राजनीतिक स्थिरताका लागि पार्टी एकीकरण जरुरी ः अध्यक्ष प्रचण्ड

चौतारा, २४ माघ । राजनीतिक स्थिरताका लागि पार्टी एकीकरण जरुरी रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले बताएका छन । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकाअन्तर्गत कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविको ४२आँै वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकताको काम आगामी फागुनको पहिलो साताभित्र टुङ्गो लगाइने बताए । अध्यक्ष प्रचण्डले सरकारको काम बाहिर त्यति नदेखिए पनि युगान्तकारी काम भएको बताए । उनले संविधान कार्यान्वयनलाई असफल बनाउन देशीविदेशी तत्वहरु सक्रिय रुपमा लागिपरेको आरोप लगाए । गरीबीका कारण स्वास्थ्योपचार तथा विद्यालयमा अध्ययन गर्न वञ्चित रहेका व्यक्तिलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले सो विद्यालयलाई कृषि क्याम्पस बनाउन प्रस्ताव राख्ने आश्वासनसमेत दिए । कार्यक्रममा प्रतिनिधिसभा सांसद अग्नि सापकोटालगायतको सहभागिता रहेको थियो । प्रचण्डले जनयुद्धको शुरुवात देखि नै कुविण्डेले विशेष भूमीका निभाएको स्मरण गर्दै प्रचण्डले सो स्थानका २४ जना शहिदप्रति श्रद्धान्जली समेत व्यक्त गरे । सिन्धुपाल्चोकको साविकको कुविण्डे गाविसलाई जनयुद्वको उद्गमस्थल मानिन्छ । यहाँ २०५२ सालमा स्थानीय महिलाले एक प्रहरीको हत्या गरी जनयुद्वको औपचारीक शुरूवात भएको मानिन्छ । त्यसपछि सोही ठाँउबाट जनयुद्वको लागि भूमिगत भएकामध्ये २४ जनाले ज्यान समेत गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *